कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्युु

२६ वैशाख, धनगढी । कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीकै निजी अस्पतालमा गरेर थप ६ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीय महिला, वडा नम्बर १८ कि ५० वर्षीया महिला...

चितवनका अस्पतालहरूमा आजसम्म छैन अक्सिजनको समस्या

गम्भिर बिरामी उपचारका लागि काठमाडौंबाट चितवन आउन थाले २६ वैशाख, चितवन । कोरोना संक्रमित भएर गम्भिर अवस्थामा पुगेका बिरामीका लागि अक्सिजनको सप्लाई अनिवार्य छ । त्यस्ता बिरामीलाई अक्सिजनविना एकछिन पनि जोगाउन मुस्किल हुँदै गएको देखिएको छ। अक्सिजनको अभावमा कतिपय जिल्लामा संक्रमित भएका बिरामीहरूको ज्यान गएको समाचार बाह...

गणेशमान अस्पतालले पनि भन्यो– नयाँ बिरामी भर्ना लिन सकिँदैन

२६ वैशाख, काठमाडौं । काठमाडौंका अस्पतालहरुले अक्सिजन अभावलाई कारण देखाउँदै नयाँ बिरामी भर्ना गर्न नसकिने सूचना धमाधम जारी गर्न थालेका छन् । यसरी सूचना जारी गर्नेमा ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित गणेशमान सिंह मेमोरियल अस्पताल पनि थपिएको छ । गणेशमान सिंह मेमोरियल अस्पतालले अक्सिजन आपूर्तिमा आएको असामान्य परिस्थित...

चितवनका अस्पतालमा हेलिकोप्टरबाट ल्याउन थालियो कोरोना संक्रमित

काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत चितवनमा कोरोना संक्रमितहरू ल्याउन थालिएको छ। चितवनमा अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो। जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँद...

८ हजार २८७ सङ्क्रमित थपिए, तीन हजार ३७० कोरोनामुक्त, ५३ को मृत्यु, उपत्यकामा ३ हजार ११३

नेपालमा कोरोनाभाइरसका आठ हजार ३८७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ३१५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २८७ मा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका क...

काठमाडौं महानगर भित्र ४२ हजार संक्रमित , कुन वडामा कति

काठमाडौं, वैशाख २५ गते । देशको संघीय राजधानीको काठमाडौं उपत्यकामा शुक्रबार चार हजार १०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । केहि सातायता उपत्यकामा औसतमा हजार–दुई हजारभन्दा माथि सङ्क्रमित थपिने क्रम जारी छ । काठमाडौं महानगरपालिको वडागत प्रारम्भिक विवरण हेर्ने हो भने वैशाख २४ गतेसम्म काठमाडौं महानगर भित्मार त्रै ४१ हजार ८...

काठमाडौंका अस्पतालमा चाप बढ्दै, ५८ अस्पतालमा कहाँ कति संक्रमित

देशभरि र खासगरी सघन जनघनत्व भएको काठमाडौं उपत्यकामा कोरोनाभाइरसको नयाँ भेरियन्टको सङ्क्रमण तीब्र रुपमा बढिरहेको छ । सङ्क्रमणका गम्भीर लक्षण देखिने व्यक्तिको सङ्ख्या पनि बढिरहेको अवस्थामा उनीहरुलाई अस्पतालमा शय्या उपलब्ध गराउन गाह्रो हुँदै गएको पछिल्लो अवस्थाले देखाएको छ । काठमाडौंमा सरकारी, निजी र मेडिकल कलेज गरी ५८ व...

विवाहले फैलिँदै कोरोना : भोजमा सहभागी २५ जनामा संक्रमण

बागलुङ : सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्दै विवाह र भोज दैनिक भइरहँदा जिल्लामा कोरोना संक्रमण फैलिएको छ। अघिल्लो सातासम्म दुई अंकमा सीमित भएको कोरोना संक्रमण दर अहिले ३ सय हाराहारीमा पुगिसकेको छ। संक्रमण फैलिनुमा नागरिकको लापरवाही र त्यसमा पनि अटेर गरेर आयोजना गरिने भोज मुख्य कारण रहेको स्वा...

९ हजार २३ जनामा कोरोना पुष्टि, ५० जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ९८७ परीक्षणबाट शुक्रबार ९ हजार २३ जना संक्रमित फेला परेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ । त्यस्तै...

बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु

२४ वैशाख, नेपालगञ्ज । बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थि...