शिक्षा अधिकार सुनिश्चित गर्न सरकारलाई १३ बुँदे ध्यानार्कषण पत्र

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जाल नेपालले शिक्षा अधिकार सुनिश्चित गर्न सरकारको ध्यानार्कषण गराएको छ । वर्तमान सन्दर्भमा शिक्षाको अधिकार सुनिश्चित गर्न माग गर्दै सञ्जालले शिक्षा मन्त्री, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्पूर्ण स्थानीयत सरकार प्रमुख र उप प्रमुखलाई १३ बुँदे ध्यानार्कषण पत्र ब...

कोरोना भाइरसले पनि गरिब नै मारमा

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । उनीहरुमध्ये २५ हजार बढीले ज्यान गुमाएका छन् । अमेरिका र ब्राजिलपछि भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक पनि हो । कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरुले निजी र सार्वजनिक अस्पतालमा वेडसमेत पाउन सकेका छै...

अझै बनेन कोरोना अस्पताल

बिर्तामोड — झापामा कोभिड अस्पताल निर्माणमा ढिलाइ भएको छ । प्रदेश सरकारले भद्रपुर नगरपालिकास्थित मेची अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउने निर्णय गरे पनि अहिलेसम्म प्रक्रिया अघि बढाएको छैन । अस्पताल बनाउन ढिलाइ भएपछि जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकालाई मोरङको गोठगाउँ, विराटनगर र सुनसरीको धरान प...

संक्रमितहरू विवाहदेखि वडा भेलासम्म

बझाङ — बाजुरामा घरमै आइसोलेसनमा बस्न भनेर पठाइएका संक्रमितहरू समुदायमा निस्फिक्री घुम्न थालेका छन् । उनीहरू विवाह समारोह, रोपाइँ तथा स्थानीय स्तरमा हुने सामूहिक गतिविधिमा सहभागी हुन थालेपछि संक्रमण समुदायस्तरमा फैलिने भन्दै स्थानीय त्रसित भएका छन् । बुढीगंगा नगरपालिका–१ ले सोमबार गरेको वडा भेलामा केही कोरोना संक्रमि...

वैकल्पिक शिक्षा निम्‍न वर्गलाई ‘आकाशको फल’

काठमाडौँ — कक्षा ६ का मनीष तामाङ काठमाडौंको नागार्जुन माध्यमिक विद्यालयका विद्यार्थी हुन् । सरकारले असार १ गतेदेखि अनलाइन, रेडियो र टेलिभिजनबाट वैकल्पिक कक्षा सञ्चालन गरे पनि उनलाई त्यसबारे कुनै जानकारी छैन । काठमाडौं बालाजुस्थित आगमन स्कुलमा कक्षा ९ मा अध्ययनरत पवित्रा साह इन्टरनेटको अभावले अनलाइन कक्षामा सहभागी ...

प्रदेश ५ मा संक्रमितको संख्या २ हजार ७ सय १८ पुग्यो

बुटवल — प्रदेश ५ मा मंगलबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या २ हजार ७ सय १८ पुगेको छ । सबै जिल्लामा संक्रमण देखिएका प्रदेशमा पछिल्लो समय पहाडी जिल्लामा बढेको छ । संक्रमण देखिएका ९४ प्रतिशत व्यक्तिहरु क्‍वारेन्टाइनमा बसेका र भारतबाट आएका छन् । संक्रमति सबैलाई आइसोलेसन सेन्टरमा राखिएको मन्त्रालयका स्वास्थ...

प्रदेश ५ का क्‍वारेन्टाइनहरुमा चाप घट्दै

बुटवल — भारतबाट आउने नेपाली नागरिकहरुको संख्या कम हुँदै गएपछि प्रदेश ५ का क्‍वारेन्टाइनहरुमा चाप घट्दै गएको छ । सोमबार दिउँसोसम्म यहाँका क्‍वारेन्टाइनमा २१ हजार ७ सय २६ जना रहेको  प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । २ साताअघि ४२ हजार व्यक्तिहरु यहाँका क्‍वारेन्टाइनहरुमा थिए । प्रदेशको...

कोरोना संक्रमितलाई योगाभ्यास

नवलपरासी । नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचार गराइरहेका कोरोना सङ्क्रमितहरुलाई योगाभ्यास गराइएको छ । यस चिकित्सालयमा ५७ जना सङ्क्रमितको उपचार भइरहेको छ । नवलपुरमै बिहीबार सङ्क्रमण पुष्टि भएका ३१ जना समेत ल्याउने तयारी भइरहेको छ । ...

अर्घाखाँचीको क्वारेन्टिनमा आत्महत्या गरेका दलित युवकमा कोरोना पुष्टि

र्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा आत्महत्या गरेका ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा–५ का देबबहादुर विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । विकको जेठ २४ गते आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि जेठ २५ गते पीसीआर परीक्षणका लागि उनको स्वाब...

सर्वोच्चले भन्यो – विदेशमा अलपत्र कामदारलाई सरकारी कोषकै रकमले फर्काऊ

सर्वोच्च अदालतले रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न आदेश दिएको छ । सोमबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी कल्याणकारी कोषमा रकम योगदान गरेको हुनाले उनीहरुलाई अप्ठेरो परेका ...