वाग्मती किनारमै जलाउन थालियो कोरोना संक्रमितको शव

२० वैशाख, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको छ । आइतबार नेपाली सेनाले ३१ वटा शव व्यवस्थाप...

भोलि मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

वैशाख १९, काठमाडौं । सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । त्यस्तै भारतबाट हुने सम्पूर्ण उड...

दिल्लीको बात्रा अस्पतालमा अक्सिजन अभावले फेरि लियो आठ बिरामीको ज्यान

नयाँदिल्ली — भारतको राजधानी नयाँ दिल्लीमा फेरि एक पटक अस्पतालमा अक्सिजन अभावको कहालीलाग्दो घटना दोहोरिएको छ । अक्सिजन अभावले आठ बिरामीको ज्यान गएको छ । शनिबार दिउँसो दिल्लीको बात्रा अस्पतालमा अक्सिजन सकिँदा उपचाररार्थ ८ जना सिकिस्त कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा अस्पतालका एक चिकित्सक समेत रह...

भारतमा एकैदिन करिब ३ लाख ८० हजारलाई कोरोना, ३६४५को मृत्यु

काठमाडौँ — भारतमा लगातार ८औं दिन पनि ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ७९ हजार २ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । भारतको राजधानी नयाँदिल्लीमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि लगिँदै...

भारतमा छैटौं दिन पनि ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण

भारतमा लगातार छैटौं दिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख २३ हजार १ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । भारतको राजधानी नयाँदिल्लीस्थित श्मशान घाटमा सोमबार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गरिँद...

अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन सुरु, पहिलो खोप नर्सलाई

अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोरोना भाइरसविरुद्धको लडाइँमा पहिलो पंक्तिमा खटिएकाहरुलाई लगाइदिएर अमेरिकाले सोमबारबाट खोप अभियान सुरु गरेको हो । न्यूयोर्कको लोन्ग आइल्याण्डकी नर्सलाई पहिलो खोप लगाइएको बीबीसीले जनाएको छ । यी नर्स आईसीयूमा कार्यरत छिन् ।अमेरिकाले फाइजर/बायोएनटेक खोप प्रयोगमा...

चीन र भारतले प्रयोग गर्ने खोप नेपालका लागि उपयुक्त हुन सक्ने

नेपालीको जिन, रहनसहन, खानपान, वातावरण, आर्थिक अवस्था, स्वास्थ्य पूर्वाधार र संरचना आधारभूत अवस्था चीन र भारतसँग मिल्दोजुल्दो भएकाले त्यहाँ उपयोग गरिने कोभिडविरूद्धको खोप युरोप–अमेरिकामा उपयोग हुनेको दाँजोमा बढी उपयुक्त हुने मंसिर २०, २०७७अतुल मिश्र काठमाडौँ — विशेषज्ञहरूले कोभिड–१९ विरुद्धको खोप ल्याउन नेपा...

न्युयोर्क सिटीले डिसेम्बर १५ र २२ सम्ममा कोभिड भ्याक्सिन पाउने

आगामी साता खाद्य तथा औषधी प्रशासन एफडीएले भ्याक्सिन स्वीकृत गर्ने अपेक्षा भइरहँदा न्युयोर्क सिटीले कोरोनाबिरुद्धको भ्याक्सिन वितरणको योजना बनाएको छ । न्युयोर्क सिटीमा उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरु र नर्सिङ होममा रहेकाहरुलाई पहिलो प्राथमिकता दिइने भएको छ । फाइजरको भ्याक्सिन न्युयोर्कमा डिसेम्बर १५ मा आइपुग्ने भए...

धनी गरिब सबैका लागि खोपको पहुँच सुनिश्चित हुनुपर्छ : प्रधानमन्त्री ओली

'खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन । सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ ।' काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा ...

जागरण मिडिया सेन्टरका पुर्व उपाध्यक्ष परियारलाई ब्रुकलिन साइटेसन अवार्ड

जागरण मिडिया सेन्टरका पुर्व उपाध्यक्ष तथा खसोखास अनलाइनका सम्पादक दिपक परियार अमेरिकामा सम्मानित हुनुभएको छ । कोभिड १९ को संक्रमण जोखिमका क्रममा अमेरिकामा रहेका नेपालीहरु लक्षित सामाजिक काम गरेको भन्दै न्युयोर्क सिटीस्थित ब्रुकलिन सिटीका सभामुख एरिक एडम्सले परियारलाई साईटेसन अवार्डबाट सम्मानित गर्नु भएको हो...