कपिलवस्तुमा फेरी कोरोना फैलने खतरा, समुदायस्तरबाट ३ सय जनाकाे स्वाब संकलन गरिँदै

nagarik dainik

  किरणमान बज्राचार्य

फेरी पनि कोरोना फैलने उच्च जोखिममा रहेको कपिलवस्तुमा समुदायस्तरबाट पिसिआर परीक्षणकालागि ३ सय जनाको स्वाब संकलन गरिने भएको छ । ७ सय ६२ जना कोरोना संक्रमित भेटिएको कपिलस्तुमा २ साता अघि देखि स्वाब संकलन कार्य रोकिएको छ । लकडाउन खुलेपछि बजार समुदायमा चलहपलह बढेको छ । यस्तै छिमेकी देश भारतसंग सिमा जोडिएका भारतीय बजारमा रहेका समुदायमा समेत कोरानो संक्रमण फैलिएको छ ।

जसले गर्दा कपिलवस्तुमा समुदायमा समेत कोरोना फैलने खतरा देखिएको हो । जिल्लासंग सीमा जोडिएको शोहरतगढ क्षेत्रमा ५० र बढनी बजारमा ५ जना समुदायस्तरमा नै कोरोना संक्रमित भेटिएको भारतीय अधिकारीहरूले बताएका छन्। शोहरतगढ र बढनीमा कपिलवस्तुबाट किनमेल लगातयतका कामकालागि आउजाउ गर्ने गरिएको छ । लकडाउन खोलिनु, चहलपहल बढनु र भारतीय बजारहरूमा समेत कोरोना संक्रमित देखिएपछि कपिलवस्तुका समुदायस्तरमा कोरोना फैलन उच्च जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन्।

समुदायस्तरमै कोरोना फैलन सक्ने देखिएकाले यथार्थ अवस्था पत्ता लगाउन समुदाय र पेशाका गरी ३ सय जनाको स्वाब संकलन गर्ने कार्य सुरु गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । ‘हामीले समुदाय र बिभिन्न पेशमा लागकोहरूको गरी ३ सय जनाकोे नमुना परीक्षणकालागि स्वाब संकलन कार्य अघि बढाएका छौं,’ थापाले भने ।

सुरक्षाकर्मी, ब्यापारी, बैक कर्मचारी, पालिकामा काम गनै कर्मचारी, र समुदाय गरी ३ सय जनाको पिसिआरका लागि मंगलबार देखि स्वाब संकलन कार्य सुरु गरिने छ । १ सय ६८ जना संक्रमित देखिएको यशोधरा र १ सय २२ जना संक्रमित भेटिएको महाराजगंज नगरपालिमा सय सय जनाको स्वाब सकलन गरिने छ । त्यहा रहेका संक्रमित परिवार बिदेशबाट आएकाहरूको स्वाब संकलन गरिने छ ।

कृष्णनगर नगरपालिकामा रहेको नेपाल र सशस्त्र प्रहरी गरी २० जना, शिवराज नगरपालिकामा पसल संचालन गरको ३० जनाको स्वाब संकलन गर्ने योजना छ । शिवराज कै मेडीलकमा काम गर्ने २० जना कर्मचारीको, तौलिहवाको पाँच बैंकमा काम गर्ने १० कर्मचारी, सुद्धोदन गाउपालिकामा काम गर्ने २० कर्मचारीको स्वाब संकलन गरिने छ ।

नमुना स्वाब संकलन गनै कार्य एक हप्ता भित्र सम्पन्न गर्ने गरीकार्य अघि बढाईएको जिल्ला स्बास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए । ‘यो नमुना परीक्षणले जिल्लाको अवस्था थाहा हुन्छ,’ उनले भने । ७ सय ६२ संक्रमित भेटिएको कपिलवस्तुमा ६ सय ४८ जना निको भई घर फर्किसकेका छन्।

बाणगंगा र शिवराज नगरपालिकामा ६/६ जना तथा बुद्धभुमीमा दुई जना आइसोलेनशमा उपचाररत छन । जिल्लामा ८ हजार ५५१ जनाको स्वाब सकलन गरिएकोमा अब ८४ जनाको मात्र रिपोर्ट आउन बाकी छ ।

न्युनतम मापदण्ड पुरा नभएकोमा प्रशासनको चिन्ता, मास्क नलगाई हिडनेलाई कडा कारबाही गर्ने चेतावनी

सेवा प्रदायक निकाय र संस्थाले समेत सुरक्षाको न्युनतम मापदण्ड पालना नगरेको भन्दै प्रशासनले सुचना जारी गरी चिन्ता ब्यक्त गरेको छ । कोरोना नियन्त्रण, रोकथाम, र प्रतिकार्य संबन्धमा निश्चित शर्त र मापदण्डका आधारमा केही सेवा र कार्यहरू खुला र सहजीकरण गरिए पनि सामाजिक दुरी कायम नभएको मास्क नलगाई हिडने र अनावश्यक भीडभाड गर्ने गरिएको छ ।

यस्तो कार्यले कोरोनाो जोखिम झन बढदै गएकाले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न प्रशासनले अपील गरेको छ । घर बाहिर निकस्कदा अनिवार्य मास्क लगाएर हिडन आग्ह गर्दै प्रशासनले अटेर गरिए संक्रमण ऐन २०२० अनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार