कोभिडका ४ वटा खोपहरुमध्ये नेपालका लागि ३ वटा उपयुक्त

अहिलेकै अवस्थामा कोभिड खोपको सम्भावित मुल्य : एक डोज अक्सफोर्डको खोपको ३ देखि ४ डलर, फाइजरको २० डलर, मोडर्नाको २५ देखि ३७ डलर र स्पुतनिक–५ को १० डलर पर्ने देखिएको छ ।

काठमाण्डौं —मानव परिक्षणका लागि अन्तिम चरणमा रहेको सार्वजनिक चासो र चिन्ताका विच विश्वमा चर्चा पाईरहेका विभिन्न ४ वटा खोपहरुमध्ये नेपालका लागि ३ वटा उपयुत्त हुने नेपाली जनस्वास्थ्य विदहरुले बताईरहेका छन् ।
उनीहरुका अनुसार ती ३ वटा खोपहरुलाई २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्न सकिने भएकाले उपयुत्त मानिएको बताएका हुन् ।
मानव परिक्षणमा रहेका अन्तिम चरणको ४ वटा खोपहरुमध्ये फाइजर(बायोएनटेकबाहेक अक्सफोर्ड–अस्ट्राजेनेका, मोडर्ना र ग्यामेलिया इन्स्टिच्युटको खोप नेपालका लागि उत्तम मानिएको छ ।
त्यसैगरी अक्सफोर्ड–अस्ट्राजेनेको उत्पादन रहेको एजेडडी १२२२ र रुसको ग्यामेलिया इन्स्टिच्युटले विकास गरेको कमस्पुतनिक–५ खोपको मुल्य कम पर्ने भएको छ ।
१८ डिग्री सेल्सियसभन्दा तल्लो तापक्रममा भण्डारण गर्नुपर्ने स्पुतनिक खोपको सुक्खा संस्करणलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । अहिले मुलुकमा १५ महिनासम्मका बालबालिकालाई १२ वटा एन्टिजेन (रोगविरुद्ध खोप) खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्ने गरिएको छ ।
नेपाल सरकारले विश्व वजारमा आफ्नो तहबाट अन्तराष्ट्रिय वकाल र लबी नगरिरहेको भएपनि कोभिड खोपको विश्व बजारमा उपलब्धता, लागत, कोल्ड चेन, परिवहन आदिका लागि उपलब्ध पूर्वाधार एवं गुणस्तर, सुरक्षा र प्रभावकारितालाई मुख्य प्राथमिकता दिईरहेको छ ।
अहिले अक्सफोर्ड–अस्ट्राजेनेका खोपले बेलायतमा आकस्मिक उपयोगको अनुमति पाएपछि प्रक्रिया पु¥याएर भारतमा समेत प्रयोग हुने अधिक सम्भावना रहेकोले नेपाल सरकारले यो किसिमको खोप लगाउने रणनीतिक योजना बनाउन लागि परेको छ ।
अहिलेसम्मको खोप परिक्षणको परिस्थिती र नेपालको भौगोलिक जटिलतालाई हेर्दा २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने सुरक्षित र प्रभावकारी खोप नै ल्याउन उपयुक्त हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोभिड खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरको भनाई रहेको छ
यसका लागि उपयुक्त तापक्रममा भण्डारण गर्न सकिने संरचना,अतिरिक्त वजेटको व्यवस्था लगायत आर्थिक र प्राविधिक सबै कुराको चाँजोपाँजो मिलाउन आवश्यक देखिएको छ ।
खोप उत्पादन र यसको परिक्षणको सफलता सँगै अहिलेकै अवस्थामा नेपालको परिवेष र भुगोलका कारण र अन्य कारले कोभिड खोप निःशुल्क पाउन सकिने अवस्था छैन । विश्वका ठुला चार खोप उत्पादन गर्ने कम्पनीहरुले आ–आफ्नै मूल्य र उत्पादनको परिमाण तय गरेका छन्

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार