प्रदेश ५ मा संक्रमितको संख्या २ हजार ७ सय १८ पुग्यो

Kantipur Daily

बुटवल — प्रदेश ५ मा मंगलबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या २ हजार ७ सय १८ पुगेको छ । सबै जिल्लामा संक्रमण देखिएका प्रदेशमा पछिल्लो समय पहाडी जिल्लामा बढेको छ ।

संक्रमण देखिएका ९४ प्रतिशत व्यक्तिहरु क्‍वारेन्टाइनमा बसेका र भारतबाट आएका छन् ।

संक्रमति सबैलाई आइसोलेसन सेन्टरमा राखिएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले बताए । संक्रमणपछि लक्षण देखिएका र सिकिस्त बिरामीलाई मात्रै अस्पतालमा चिकित्सकीय सेवा दिने नीति अनुरुप त्यसो गरिएको उनले बताए ।

संक्रमितको संख्या बढ्दै जाँदा यहाँ आइसोलेसन सेन्टरको संख्या पनि बढाइएको छ । प्रदेशका १२ जिल्लामा ९७ आइसोलेसन सेन्टर छन् । स्थानीय तहको संयोजनमा आइसोलेसन सेन्टर खोलिएका हुन् । क्वारेन्टाइन सञ्चालन गरिएकै स्थानलाई व्यवस्थापन गरी आइसोलेसन बनाएका धेरै छन् ।जसमा एक हजार ५ सय ७४ जनाको रेखदेख गरिएको छ । अहिलेसम्म एक हजार एक सय ३४ जना संक्रमित निको भएर घर गएका छन् । एक सय जना कोरोना विशेष अस्पतालमा उपचाररत छन् । संक्रमणका कारण प्रदेशमा मात्रै १० जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार