बुटवल वडा न. ६ र ४ का एकल महिलालाई राहात वितरण

बुटवल । कोरोना महामीको मार खेपिरहेका मजदुर एकल महिलाहरूलाई विहिबार राहात वितरण गरिएको छ । ईनरह्विल क्र्लब अफ बुटवल, एकल महिला समूह रूपन्देही, अम्बेडकर सोसियल फाउन्डेसनको संयुक्त पहलमा ५० जनलाई राहात स्वरूप खाद्यान्न वितरण गरिएको हो ।

राहात वितरणको शुभारम्भ बुटवल वडा न ६ का वडाअध्यक्ष जगदिश प्रसाद आचार्य, संविधानसभा सदस्य विनोद पहाडी, ईनरह्विल क्लबका निवर्तमान अध्यक्ष लक्ष्मी बस्यालले संयुक्त रूपमा राहात वितरणको शुभारम्भ गर्नुभएको थियो ।

त्यसैगरि वडा न ४ मा वडाअध्यक्ष टंक प्रसाद पराजुलि, ईनरह्विल क्लबका सम्झना ज्ञवाली, ईनरह्विल क्लबका ईलेक्टेड अध्यक्ष शोभा जोशिले संयुक्त रूपमा वितरण गर्नुभयो ।

सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिस्ठ उपसभापति गोविन्द खनालले दुखका बेला एकल महिलाहरूलाई सहयोग गर्ने कार्य पुण्य भएको बताउनुभयो । एकल महिला समूह रूपन्देहीका अध्यक्ष राधिका श्रेष्ठले बुटवल उपमहानगरभित्रका साहयता विहिन एकल महिलाहरूको दुखमा साथ दिन अभियान चलाईएको बताउनुभयो ।

सो अवसरमा एकल समूह रूपन्देहीका सचिव रिता सेन, बुटवल अध्यक्ष पवित्रा खनाल, बुटवल १३ का अध्यक्ष सीता आचार्य, बुटवल ७ मा अध्यक्ष अन्सु क्षेत्री, संगितकर्मि संघ रूपन्देहीका अध्यक्ष दुर्गा नेपाल, सामाजिक अभियान्ता पदम कारकि, समुन्द्र जिशि, विनोद पोखरेल, तविता विक, सरोज गौतम, अमृत गहतराज लगायतको सहभागिता थियो । यसअघि पनि बुटवल उपमहानगरभित्रका विभिन्न वडाहरुमा एकल महिलालाई राहात वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार