न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निरालाको निधन

https://ekantipur.com/news/2021/05/04/162011696790647394.html

काठमाडौँ — न्याय परिषद् सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका ७७ वर्षीय खड्कालाई कोभिड–१९ को संक्रमण भएपछि गत १० गते सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचारका लागि भर्ना गरिएको थियो । कोरोना संक्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

जनकपुरमा जन्मेका खड्काको कानुन र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । कानुन व्यवसायीका तर्फबाट उनी २०७६ पुसमा न्याय परिषद् भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार