उपचारको अभावमा धनुषाका लोक वहादुर परियारको ज्यान गयो ।

http://samatakhabar.com/

जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिका–४ का लोकबहादुर परियारले को अभावमा ज्यान गुमाएका छन् । पाँच दिनदेखी रुघाखोकीले विरामी परेका उनी स्थानीय मेडिकलबाट औषधी किनेर खाँदै आएका थिए ।

स्थानीय बजारमा सानो होटेल सञ्चालन गर्दै आएका उनलाइ सोमबार साँझ असहज भएपछि केही साथीको सहयोगमा एम्बुलेन्स बोलाएर उनी जनकपुरधाम पुगेका थिए । प्रादेशिक अस्पतालसहित केही निजी अस्पताल चहारेका उनलाइ भर्ना भने कसैले लिन मानेनन् ।

सोमबारै राति घर फर्केका उनलाइ मंगलबार बिहान ५ बजेतिर सास फेर्न निकै असहज भएको थियो । नजिकै रहेको आरपी मेडिकल जाने क्रममा एक्कासी लडेर उनको मृत्यु भएको वडा सदस्य रामबाबु रवीदासले बताए । अहिले उनको शव लडेकै ठाउँमा रहेको छ ।

एक्कासी ‘सोमबार स्वास्थ्यमा समस्या आएपछि एम्बुलेन्स बोलाएर जनकपुरधाम जानुभयो । तर, रकम अभावमा भर्ना हुन नपाउँदा फर्केर आएको वडा सदस्य रवीदासले बताए ।

परियारमा कोरोनाको जस्तै लक्षण देखा परेको थियो । रुघाखोकीले सास लिन नै कठिनाइ भएपछि उनी उपचारका लागि जनकपुरधाम गएका थिए । ‘उहाँलाई अक्सिजनको कमी देखिएको थियो,’ परियारलाई लिएर जनकपुरधाम गएका एम्बुलेन्सका चालक रामबाबु महतोले भने, ‘अक्सिजन हालेरै जनकपुरधामको जानकी हेल्थ केयर र रामजानकी अस्पताल लग्यौं । तर, ती दुवै अस्पतालमा रकम डिपोजिट गर्न भनेपछि परियाररले नै जम्मा गरेनन् ।’

यसपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम पनि लगिएको महतोले बताए । ‘त्यहाँ उनलाई भर्ना नै गरेनन,’ एम्बुलेन्स चालक महतोले भने, ‘भर्ना लिन नपाएपछि उहाँले घर छाडिदिन भन्नुभयो । र, मैले घर छाडिदिएँ ।’

कोरोनाको जस्तै लक्षण देखापरेका परियारको मृत्यु भएपछि उनको स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली बोलाइएको वडाध्यक्ष दीपरमण दाहालले बताए । ‘स्वाब संकलनपछि अन्य काम अगाडि बढाउँछौं,’ उनले भने ।

निजी अस्पतालले रकम जम्मा गर्न भनेपनि प्रदेश सरकारअन्तर्गत रहेको प्रादेशिक अस्पतालले समेत उनलाई भर्ना नगरेको विषयमा बुझ्ने काम भइरहेको वडा सदस्य रवीदासले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार