बिबाह ब्रतबन्धमा भीड नगरौं, बरु मिति सारौं

https://gorkhapatraonline.com/mustread/2021-05-04-36770

काठमाडौं, बैशाख २१ गते । केहि दिन अगाडि सरकारले निषेधाज्ञा लगाउने घोषणा गरेसँगै उपत्यकाका मुख्य बजारमा बिबाहका सामान खरिद गर्न मानीस ओईरिएका थिए । नेपाली पात्रो अनुसार बैशाख महिनामा बिहे गर्दा उन्नती ,प्रगती हुन्छ भन्ने ठानेर मानीहरुको भीड लागेको थियो । तर कोभिड १९ (कोरोना भाईरस) को सक्रमणका कारण मानीस भेला हुन र होटल सञ्चालनमा पूर्णतया रोक लगाउँदै सरकारले निषेधाज्ञा जारी गरेपछि धेरै बैबाहिक समारोह रोकिने भएका छन् ।
यो बर्ष बैशाख महिनामा बिबाहको लागि शुभ साईत १० ,११ ,१७ र २४ गते रहेको छ । केहिले बिहे नै स्थगित गरेका छन् भने केहिले बिहेको शुभ दिन अगावै बिहे गर्ने निर्णय गरेका छन् ।
उदाहरणका लागि विभुषा पाण्डेयको विहे यहि बैशाख २४ गते थियो तर अगावै सरकारले निषेधाज्ञाको घोषणा गर्यो त्यसकारण विहेको मिति बैशाख १५ गतेलाई सारीयो । “पोहोर साल जस्तै कोभिड १९ (कोरोना भाईरस) को संक्रमण बढ्दै गईरहेको छ ,त्यसैले लामो समय लाग्छ कि भनेर हतार हतार निषेधाज्ञा अगावै बिहे गर्ने निर्णण गरेको हो ” नवविहाहित पाण्डेले भन्नुभयो ।
हाम्रो बिबाहको साईत बैशाख २४ गते भन्यौँ तर केहि दिन अगाडि आएको निषेधाज्ञाको खवरले असर गर्छ कि भन्ने लाग्यो र बिहे गर्याैँ । “हाम्रो विवाह बिना कुनै तयारी भएको हो ,परीवारका केहि सदस्य र केहि साथिको उपस्थिति मात्र थियो माहामारीको बीचमा यसरी बिहे गर्दा निकै थकित महसुस हुदो रहेछ ” उहाँले भन्नुभयो । तर महामारीमा गरेका सबै विहेको शुखद अन्य भने भएको छैन ।
अस्मि शर्मा ( परीवर्तित नाम) जसको विहे यहि बैशाख २४ गते थियो तर सरकारले सबै पार्टिप्यालेसहमा मान्छे जम्मा हुन प्रतिवन्ध गर्यो । घरमै मामा माईजु बोलाएर सुटुक्क विहे गरीदिने शर्माको परीवारले सोच्यो । विहे चल्दै थियो एक्कासि शर्मा बेहोस हुनुभयो । त्यसपछि उहाँलाई तुरुन्तै बसुन्धारास्थित बीपी स्मिृति अस्पताल लगियो । उहाँको एक्स रे रिपोर्टमा गम्भीर निमोनिया रहेको फेला पर्यो । उहाँलाई आईसीयू कक्षमा सारीयो । केहीबेरपछि उहाँको आरटिपिसिआर गर्दा उहाँमा कोरोना संक्रमण देखियो ।

“शनिवार दिउँसो ४ बजेतिर उनले यो संसार छाडिन् , हामीले बचाउने धेरै प्रयास गर्यौं तर प्रयास विफल भैदियो” शर्माको बुबाले भन्नुभयो । तयारीको थकानले गर्दा विहे अघि त हामीले उसमा कुनै लक्षण भएको थाहा पाएकै थिएनौँ, जब थाहा पायौँ तब धेरै ढिला भैसकेछ ।
“म सबैलाई यो आग्रह गर्छु बिशेष गरी जो बिहे गर्दै हुनुहुन्छ उहाहरुले बिहे हुनुभन्दा कम्तिमा दुई दिन अगाडि पिसिआर जाँच अवश्य गराउनुहोला , हामीले जस्तो गल्ती नगर्नुहोला ”उहाँले भन्नुभयो ।
यसबाहेक दुलाहा हुन लागेका चण्डोलका सुजन पाठकले आफ्नो विवाह नै सारेका छन् । विवाह सबैको जीवनको एक सबैभन्दा ठूलो मामिला हो । “मेरो हुनेवाला पत्नि र मैले विहेको बारेमा योजना बनाउछौँ र एउटा बाटो तय गर्छौँ ” उहाँले भन्नुभयो ।
“देशमा माहामारीको दोस्रो लहरले हानीसकेको छ , भाईरस संक्रमणको प्रसार जुनसुकै समयमा नियन्त्रण बाहिर जाने खतरा रहेको छ , त्यसकारण सरकारले पनि १५ जनाभन्दा वढि मानिस जम्मा हुन प्रतिबन्ध लगाएको छ ” उहाको भनाई छ । धेरै आफन्तहरु र परिचित मान्छेहरु विहेबाट अलग हुन सक्दछन् । विवाहमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना पनि त्यति व्यवाहिक हुदैन भनेर नै मंसिरमा विहे सार्ने निर्णय गरीयो उहाँले भन्नुभयो ।
यसैबीच यहि बैशाख १६ गते बिबाह गरेका अर्जुन गुरुङ भन्न्हुन्छ “महामारी भन्दा अघि विवाह एउटा असाधारण समारोह हुन्थ्यो , मानिसहरु विबाहलाई देखावटि बनाउनका लागि धेरै पैसा खर्च गर्ने गर्दथे । तर २०७६ साल यता घनिष्ट पारिवारीक उपस्थिती , र साथिहरुको बीचमा मात्र सिमित हुन थालेको छ । कपडा, गरगहना र होटेलको अनावश्यक खर्च कटौति हुन थालेको छ ”।
सँस्कृतिबिद आलोक तुलाधरका अनुसार सँस्कृतिलाई निरन्तरता दिनु अति आवश्यक छ । तर महामारीको समयमा डरलाग्दो अवस्था सृजना भएको छ ,। सुरक्षा सतर्कता उपनाउँदै औपचारीता पुरा गर्नु पहिलो प्राथमिकता बनेको छ ।
“विवाह भोज गर्न कुनै शुभ समय चाहिदैन ,त्यसैले विवाह समारोह केहि सिमित मान्छेको उपस्थितिमा शुभ साईतमा गर्दा हुन्छ तर भोज भने एक वा दुई वर्ष पछि कोरोना भाईरस हटिसकेपछि गर्दा पनि हुन्छ” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार