भौतिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनको अपील

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गरेका छन् ।

नेपालमा लकडाउन खुला गरेपछि पछिल्लो समय कोरोना संक्रमण बढ्दो छ । मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगर्दा पनि संक्रमण बढ्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलर भन्छन्, ‘हामीले एक अर्काबीच कम्तीमा १ मिटरको दुरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न सक्छौं । हामी आफै संक्रमित भए अरुलाई पनि संक्रमण बनाउन सक्छौं ।’

भौतिक दुरी कायम गर्न नसकिने ठाउँमा मास्क प्रयोग गर्न समेत उनले सुझाएका छन् । भ्याण्डेलर भन्छन्, ‘अर्को सरल उपाय नियमित हात धुने पनि हो । मेरो सबै नेपालीलाई बिनम्र अनुरोध छ, दूरी बढाउँ, संक्रमणबाट जोगिऔं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार