राहत पाएपछि सिमान्तकृत समुदाय खुसी

समाजमा वातावरणीय शिक्षाको विकास (सीड)ले दाङको दुई गाउँपालिकाका सिमान्तकृत समुदाय भित्रका गर्भवति, एकल महिला , सुत्केरी तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत प्रदान गरेको छ ।

आईएम नेपालको सहयोगमा दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकाका एकसयजनालाई राहात प्रदान गरेको हो । सीडका अध्यक्ष राममोति चौधरीका अनुसार दंगीशरणका ५१ र शान्तिनगरका ४९ जनालाई राहत प्रदान गरिएको हो ।

लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएका परिवारहरुको पहिचान गरि ३० किलो चामल, नुन, तेल, स्वाविन, नुहाउने सावुन, कपडाधुने सावुन, दाल सहयोग गरिएको थियो ।

उनीहरुको गाउँ–गाउँ पुगेर उक्त राहत प्रदान गरिएको सीडका कार्यकारी निर्देशक भागीराम चौधरीले बताए । उनका अनुसार विगतमा पनि समस्या भएका परिवारहरुलाई पहिचान गरि राहत प्रदान गरिएको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

राहत पाएपछि आफुहरुलाई खुसी भएको दंगीशरण गाउँपालिका वडा नं. ५ निवासी एकल महिला रेखा चौधरीले बताईन् । घरमा खाद्यान्न सकिएकाले घर चलाउन समस्या भएको अबस्थामा यो सहयोगले आफुहरुलाई ठूलो राहत प्रदान गरेको शान्तिनगर गाउँपालिका वडा नं. १ निवासी

कमला देवि तामाङले बताईन् । स्थानीय जनप्रतिनिधिको सहकार्यमा राहत वितरण गरिएको हो । सीडका सामाजिक परिचालक र जनप्रतिनिधिहरुले पहिचान गरेका सिमान्तकृत समुदाय भित्रका गर्भवति, एकल महिला , सुत्केरी तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत प्रदान गरेको छ । यस अघि यी दुई गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाइ समेत स्वास्थ्य सामग्री प्रदान गरिएको सीडका कार्यक्रम संयोजक माधव चौधरीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार