देशभर कोरोनाका सिकिस्त बिरामी संख्या बढ्दै, सबैभन्दा बढी वाग्मती प्रदेशमा

काठमाडौँ — देशभर कोरोनाको सिकिस्त बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार १६० जना आईसीयूमा र भेन्टिलेटरमा ४५ जना रहेका छन् । वैशाख १ गते ८० जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा रहेका थिए भने वैशाख २ गते ९१ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा रहेका थिए । वैशाख ३ ग...

काठमाडौँका ६३४ जना कोरोना संक्रमित

६ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५०५ जना, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

थप ९८ बालबालिकामा कोरोना संक्रमण पुष्टि

६ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा ९८ जनामा बालबालिमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका २४ जना र १० देखि १९ वर्ष उमेर समूहका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मात्रै देशभर थप १ हजार २ सय ८१ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरो...

कोरोना बढेपछि दिल्लीमा लगाइयो आउँदो सोमबारसम्म लकडाउन

भारतको राजधानी नयाँ दिल्लीमा सोमबार रातिदेखि लकडाउन हुने भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज राति १० देखि आउँदो सोमबार बिहानसम्म दिल्ली सरकारले लकडाउन घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन घोषणा गरेका हुन्। सबै निजी कार्यालयहरू घरबाटै सञ्चालन हुने र सरक...

भारतबाट फर्किएकी रुकुम पश्चिमकी महिलाको कोरोना संक्रमणबाट मृत्यु

६ वैशाख, सुर्खेत । भारतबाट फर्किएकी रुकुम पश्चिमकी एक महिलाको कोरोना भाइसर (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ । मुसिकोट नगरपालिका–७, की ४० बर्षिया महिलाको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको हो । जन स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना फोकल पर्सन ईश्वर रावलका अनुसार उनी एक हप्त...

अस्पताल चहार्दा चहार्दै कोरोना संक्रमित महिलाको मृत्यु

६ वैशाख, विराटनगर । कोरोना संक्रमित महिलाको विराटनगरका अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेकी ३५ वर्षीय जैनव खातुनको सोमबार बिहान मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार बिहान करिब ३ बजे विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । इमर्जेन्सीबाट आईसी...

एकैदिन एक हजारभन्दा धेरैमा कोरोना संक्रमण

५ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् । संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उप...

भारतमा २ लाख ६१ हजार कोरोना सङ्क्रमित, १५०० को मृत्यु

नयाँ दिल्ली — भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । नयाँ दिल्लीमा उपचाररत कोरोनाका बिरामी । फाइल तस्बिर : रोयटर्स 'एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,' एक सरकारी उच्च अधिकारीले आइतबार भने । अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६१ हजार ५०० जना न...

ठूला सहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने सीसीएमसीको सिफारिस

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्दै गएको भन्दै कोभिड-१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ठूला सहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। शनिबार सिंहदरबारमा बसेको सीसीएमसकिो बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो। विद्यालयको पढाइलाई वैकल्पिक विधिबाट अगाड...

२४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु, थपिए ७ सय ६८ जना

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ३ सय ३३ पीसीआर परीक्षणबाट शनिबार ७ सय ६८ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ७१ एन्टिजेन परीक्षणबाट ७१ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्...